४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भत्तपुरको सूर्यविनायकमा ट्याक्टरबाट लडेर युवकको मृत्यु



फाइल तस्बिर

२५ जेठ ०७८, भक्तपुर । सूर्यविनायक नगरपालिका ५ चुनदेबीस्थित सडकमा ना.४ त ५८२९ नम्बरको ट्याक्टरबाट लडेर यसै ठाँउमा बस्ने खोटाङ जन्तेढुंगा घर भएका २० वर्षीय साईमान बिष्टको मंगलबार बिहान मृत्यु भएको छ ।
प्रहरीका अनुसार ट्याक्टरबाट अचानक लडेर गम्भीर घाइते भएका ट्याक्टरमा सवार उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ७ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।