५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


शैक्षिक प्रमाणपत्र धितोमा तत्काल रु २५ लाख ऋण माग



२६ जेठ ०७८, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शैक्षिक प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।
मन्त्री पौडेलसमक्ष अनेरास्ववियुका अध्यक्ष ऐन महरले प्रमाणपत्र धितो राखेर ऋण दिनका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न, विद्यार्थीलाई ल्यापटप किन्न रु ८० हजार दिन र निःशुल्क सिमकार्ड प्रबन्ध गर्नुपर्नेलगायत सात बुँदा समेटिएको ज्ञापनपत्र मङ्गलबार हस्तान्तरण गरेको हो । मन्त्री पौडेलले सरकारले बजेटमा समावेश गरिएका कार्यक्रमको प्रभावकारी रूपमा छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  १२ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।