४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थपिए ४३४४ जना कोरोना संक्रमित



२६ जेठ ०७८, काठमाडौं । नेपालमा बुधबार थप ४३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पिसिआर विधिबाट १२०७४ र एन्टिजेनबाट ४५६८ जनाको परीक्षणमा सो संङ्ख्यामा कोरोना संक्रमित भेटिएका हुन ।

योसँगै पछिल्लो २४ घण्टामा ८१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना मुक्त भएर ५ हजार ७६८ जना घर फर्किएका छन । हालसम्म नेपालमा कोरोना मुक्त हुने दर ८५.२ प्रतिशत रहेको छ । हाल नेपालमा संक्रिय संक्रमित ८० हजार ३३६ जना पुगेका छन् ।

बुधबार काठमाडौंम ६७९,भक्तपुर ८५, ललितपुर १५१ जना गरी उपत्यकामा ९१५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ६१५६५२ कोरोना पुगेका छन् भने ८१७९ जनाको मुत्यु भएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ५ : २६ बजे