२७ जेठ ०७८, काभ्रे । काभ्रे तिमालकी एक महिला घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ । प्रहरीका अनुसार काभ्रे तिमाल गाउँपालिका २ चुखा बस्ने माईला तामाङकी छोरी १५ वर्षीया सुस्मिता तामाङको भीरबाट लडेर बिहीबार बिहान मृत्यु भएको हो । यसै ठाउँस्थित ठुलो भिरमा घाँस काट्न गएको अवस्थामा लडेर गम्भीर घाइते भएकी उनको उपचारको लागि धुलीखेल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
२८ जेष्ठ २०७८, शुक्रबार
0
Shares
प्रतिक्रिया