४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


शताव्दी पुरुष जोशीको स्वाथ्यमा समस्या, क्रमिक सुधार हुँदै




ललितपुर खबर
२८ जेठ ०७८, ललितपुर । शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । रक्तचाप घटबढ र छातीमा अप्ठ्यारो महसुस गरेपछि उनको बुधबार ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा भर्ना गरिएको पाटनका उद्यमी अजरमान जोशीले ललितपुर खबरलाई बताए ।
उनका अनुसार अहिले जोशीको रक्तचाप र स्वासप्रस्वासमा कुनै समस्या छैन । उनलाई दुई दिन अस्पतालमा आराम गराई आइतबारसम्म घर पठाउने डाक्टरको भनाई उदृत गर्दै जोशीले बताए छ । जोशी अहिले राम्रोसँग बोल्ने अवस्थामा आएका छन् ।
कोरोना संक्रमणको त्रास र लकडाउनको समयमा घरमा एक्लो हुँदा उहाँको स्वास्थ्यमा आएको हुनसक्ने उनले बताए । डाक्टरहरुका अनुसार १०२ वर्षिय जोशीको दिर्घरोग अहिलेसम्म छैन ।

 

 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  १ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।