१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको हरिसिद्धिमा सटर फोरेर सुन पसल चोरी



२९ जेठ ०७८, ललितपुर । शुक्रबार राती ललितपुरको हरिसिद्धिमा सटर फोरेर सुन पसल चोरी भएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका २९ हरिसिद्धी चोकस्थित धनकुटा पाख्रीबास घर भएका २९ वर्षीय बर्दान बिकले संचालन गर्दै आएको सुनचाँदी पसलबाट करिब २ लाख ६४ हजार रुपैयाँ बराबरका विभिन्न गहनाहरू शुक्रबार चोरी भएको छ ।

अपरिचित व्यक्तिहरुले सटरको ताल्चा फोडेर गहनाहरू चोरी गरेको भन्ने खबर आएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

चोरीमा संलग्न फरार रहेका व्यक्तिहरूको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको  प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ६ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।