४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको हरिसिद्धिमा सटर फोरेर सुन पसल चोरी



२९ जेठ ०७८, ललितपुर । शुक्रबार राती ललितपुरको हरिसिद्धिमा सटर फोरेर सुन पसल चोरी भएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका २९ हरिसिद्धी चोकस्थित धनकुटा पाख्रीबास घर भएका २९ वर्षीय बर्दान बिकले संचालन गर्दै आएको सुनचाँदी पसलबाट करिब २ लाख ६४ हजार रुपैयाँ बराबरका विभिन्न गहनाहरू शुक्रबार चोरी भएको छ ।

अपरिचित व्यक्तिहरुले सटरको ताल्चा फोडेर गहनाहरू चोरी गरेको भन्ने खबर आएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

चोरीमा संलग्न फरार रहेका व्यक्तिहरूको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको  प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ६ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।