४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वालाजु सडकमा सुनको सिक्री लुटपाट, युवक पक्राउ



shyam phuyal\lalitpurkhabar

२९ जेठ ०७८, काठमाडौं । काठमाडौंको वालाजु सडकमा ए कहिलाको सुनको सिक्री लुटपाट भएको छ । काठमाडौं महानगरपालिका १६ बालाजुस्थित सडकमा पैदल हिंडिरहेकी २८ वर्षीया महिलाको पौने एक तोलाको सुनको सिक्री लुटपाट गरेको अभियोगमा काठमाडौं पकनाजोल बस्ने प्युठान झिमरुक गाउँपालिका १ घर भएका २८ वर्षीय नविन थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
थापाले सुनको सिक्री लुटपाट गरी फरार भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १६ चमती बिनायक बस्तीबाट उनलाई चोरीको सिक्री सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका जानकारी दिएकोे छ ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ७ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।