१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


झरुवाराशीको झरनामा दुर्घटना, आर्थिक अभावमा अस्पतालमा छट्पटाउदै घिमिरे




३० जेठ ०७८, ललितपुर । ललितपुरको झरुवाराशीस्थित ग्वालिन्दह झरनाबाट ललितपुर वागमती गाँउपालिका गिम्दीका पूर्णबहादुर घिमिरे सख्त घाइते भएका छन् । ग्वालिन्द खोलामा लुगा धुन जाने क्रममा लडेपछि गतमंगलबारदेखि उनको बासबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको उनकी श्रीमती रमा घिमिरेले ललितपुर खबरलाई बताइन् ।

दुर्घटनापछि घिमिरेको खुट्टा भाँचिएको छ भने टाउकोमा गम्भिर चोट लागेको छ । अस्पतालमा उनी बेहोस भई अवस्थामा छन् । घाइतेकी श्रीमती घिमिरेले अस्पतालमा एक्लो रहेको बताइन्, भनिन् यहाँ आफ्नो मान्छे कोही छैन । आफूसँग खाने पैसा पनि छैन । १ वर्षको वालक यो खान्छु त्यो खान्छु भन्छ ।
पैसाको अभावमा श्रीमान्को उपचार प्रभावित हुने अवस्था आएको बताउदै उनले रुदै भनिन, ‘मलाई सहयोग गरिदिनुस् ।’
निरक्षर घिमिरे आफ्नो बैंक खाता समेत नरहेको बताउदै सहयोग गर्नेले ९८१०१४३८६० र ९८१३३३६१२९ नम्बरमा फोन गर्न याचना गरिन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ९ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।