२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लगनखेलको पले स्वाँ पोखरी पुनःनिर्माण हुँदै



३० जेठ ०७८, लगनखेल । लगनखेलस्थित राजदल गण परिसरमा रहेको पले स्वाँ पोखरी आउँदो आर्थिक वर्षबाट पुनःनिर्माण थालिने भएको छ । नेपाली सेनाको हातामा रहेको यो पोखरी पुनःनिर्माण अघि बढाउन आज आइतबार राजदल गणका गणपति सुमितबिक्रम राणा र महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

गणपति राणाले यो पोखरीको संरक्षण अघि बढ्दा वातावरण जोगाउन निकै सहयोग पुग्ने मत व्यक्त गरे । प्रमुख महर्जनले महानगरपालिकाले ऐतिहासिक सम्पदा संरक्षणको कार्यक्रमअन्तर्गत यो पोखरी पुनःनिर्माणका लागि सम्पूर्ण खर्च गरी कमलको फूल फुलाएरै छाड्ने धारणा राखे । पोखरी हाल सेनाको गण हाताभित्र करिब ३० रोपनी क्षेत्रफलमा सुख्खा अवस्थामा रहेको हुँदा यसको संरक्षण र प्रवद्र्धनपश्चात हुने भरिभराउ पानीले ललितपुरका ढुङ्गेधाराहरूसमेत रसाउने विश्वास व्यक्त गरे । यस अघि महानगरपालिकाले वडा नं २० स्थित पूर्णचण्डीमा रहेको पूर्णचण्डी पोखरी पुनःनिर्माण सम्पन्न गर्नाका साथै वडा नं १५ मा रहेको न्हुँ पोखरीसमेत जिर्णाेद्धारको काम अघि बढाइरहेको छ ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ९ : २३ बजे