४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धापाखेलबाट युवतीलाई जर्वजस्ती गरेको आरोपमा माझी पक्राउ




३० जेठ ०७८,धापाखेल ललितपुर । ललितपुर धापाखेलबाट एक महिलालाई जर्वजस्ती गरेको अभियोगमा युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार चौबीस वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका २८ धापाखेल डेरा गरी बस्ने रामेछाप खांडादेबी गाउँपालिका १ घर भएका २३ वर्षीय अनुष माझीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले माझीले ती युवतीलाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ८ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।