४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


  भक्तपुरका खाद्यान्न स्टोर एवं मिनीमार्टमा अनुगमन, अधिकांश नियम विपरित



३१ जेठ ०७८, भक्तपु । भक्तपुर नगरपालिका अनुगमन समितिले आज जिल्लाका विभिन्न खाद्यान्न स्टोर एवं मिनीमार्टमा गरेको अनुगमनमा अधिकांश पसलमा म्याद गुज्रेको सामान फेला परेको छ । समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा देग ग्रोसरी मार्ट, स्वःनिग मिनिमार्ट, महालक्ष्मी ट्रेडर्स, गोसाई स्टोर, एस आर स्टोर, वेलकम मार्केट दर्ता नगरी सञ्चालन भएको र म्याद गुज्रेको खाद्य पदार्थ बिक्रीमा राखेको पाकेजिङ सामानमा लेबल नराखी बिक्री गरेको पाइएको छ ।
खुर्सानीको धुलो, बिस्कुट, पिठो, बिभिन्न खाद्य एवं पेय पदार्थ, ल्याक्टोजेन दुध, वेशन, हाइजेनिक मःमः, पिठो, चाउचाउ, पापड ३२ किलो ८०० ग्राम जफत गरी नष्ट गरिएको समितिका संयोजक गोराले जानकारी दिए ।
त्यसैगरी साख मल्टी स्टोर मिनिमार्ट दर्ता नगरी सञ्चालन गरेको, म्याद गुज्रेका विभिन्न ब्राण्डका विस्कुट ४८ प्योकट फ्रुट, केक, तेल, ग्लुकोज डी, डिडिसी ध्यू, भुटेको तेललगायत सामानहरु जपत गरी नष्ट गरेको छ । बजार अनुगमनका क्रममा अधिकांश पसलहरु अनियमितत तरिकाले सञ्चालनमा रहेको पाइएको छ ।
प्याकेज गरिएका सामानमा लेवल नराखेकाले म्याद गुज्रेको सामानहरु खाद्य विभागमा अनुज्ञा पत्र लिई लेबल राखेर मात्रै बिक्री गर्न र म्याद नाघेको सामानहरुलाई बिक्री कक्षमा नराख्न, तराजु नापतौल विभागमा नवीकरण गर्न, सरसफाइमा ध्यान दिई पसल व्यवस्थित गर्न, बिल दिने व्यवस्था गर्न निर्देशन दिएको अनुगमन समितिका रामकृष्ण प्रजापतिले जानकारी दिए ।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ९ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।