१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा शिलमहावीर चैत्य गुम्बा मन्दिरको गजुर चोरी




३१ जेठ ०७८, भक्तपुर । हिन्दु धर्मालम्बीहरुको श्रदाको केन्द्र मन्दिरभित्र परेर मूर्ति चोरी भएको घटना त सुनिएकै हो । भक्तपुरमा बौद्ध गुम्बाको गजुर समेत चोरिएको घटना सार्वजनिक भएको छ ।
भक्तपुर नगरपालिका १० कमलविनायक कोठान्डुस्थित शिलमहावीर चैत्य गुम्बा मन्दिरको माथि राखेको चाँदी र सुनको जलप लगाएको २ फिट उचाई भएको करिब ५ किलो तौल भएको गजुर सोमबार बिहान चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका चोरीका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ८ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।