४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


१३२९० जनाकाे परीक्षणमा २७४५ जना संक्रमित थपिए



१ असार ०७८, काठमाडौं । नेपालमा थप २७४५ जना कोभिड १९ संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३२९० जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २७४५ जना संक्रमित भएका हुन् ।

२४ घण्टामा ४१८७ डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या ५ लाख ४० हजार ४ सय ३९ जना रहेको छ । नेपालमा निको हुने दर ८८ दशमलव ३ प्रतिशत छ ।

गएको २४ घण्टामा थप ४१ जनाको मृत्यु भएको छ । कोभिड १९ बाट नेपालमा ८५०६ जनाको मृत्यु भएको छ । काठमाडौंमा ४५५, भक्तपुरमा १६ र ललितपुरमा ७४ गरी उपत्यकामा ५४५ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ५ : ५३ बजे