५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंबाट वालिकाको नग्न तस्विर फेसबुकबाट पठाउने पक्राउ



shyam phuyal\lalitpurkhabar

१ असार ०७८, काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १७ डल्लु बस्ने २६ वर्षीय सानु पोडे र बागलुङ नगरपालिका ८ सिगाना बस्ने ५२ वर्षीय रामेन्द्र खड्का रहेका छन् । पक्राउमध्ये पोडेले नाबालिकाको फेसबुक म्यासेन्जरमा पटक पटक अश्लिल भिडियो पठाउने तथा पीडितको अनुहार एवम् अपरिचित महिलाको नग्न शरीर जोडी मोर्फेड तस्विर÷भिडियो पठाई दुःख हैरानी दिनुका साथै चरित्र हत्या गर्ने कार्य गरेकोले सो ब्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
खड्काले सामाजिक सञ्जाल फेसबुक, टिकटक, यूट्युब लगायतमा व्यक्तिहरुको तस्विर÷भिडियो दुरुपयोग गर्दै फोटोशप, मल्टिलेट गरी प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु, सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने, चरित्र हत्या गर्ने उद्देश्यबाट प्रकाशन÷प्रसारण गरेकोले जिल्ला प्रहरी कार्यालय बागलुङको सहयोगमा सो ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो

उनीहरु उपर काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ८ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।