१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बनेपामा आमा-छोरा मृत फेला



४ असार ०७८, काभ्रे । काभ्रेमा आमा र छोरा मृत अवस्थामा फेला परेका छन्।
बिहीबार राति बनेपा नगरपालिका वडा नम्बर ११ सिनाथालमा आमा र छोरा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
पाँचखाल नगरपालिका वडा नम्बर ६ घर भई बनेपास्थित एक घरमा डेरा गरी बसिरहेका ३० वर्षीया मनिषा कार्की र ६ वर्षीय छोरा युवान घिमिरे मृत अवस्थामा फेला परेका हुन्।
आमा–छोरा मृत फेला परेको भन्ने खबरपछि प्रहरीले मृतककी श्रीमानलाई पक्राउ गरेको छ।

३३ वर्षीय श्रीमान् माधवप्रसाद घिमिरे प्रहरीको नियन्त्रणमा छन्। उनलाई प्रहरीले अन्यत्रबाटै पक्राउ गरेको छ। अहिले उनी शिर मेमोरियल अस्पतालमा छन्।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।