१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उठ्न छाड्यो काठमाडौंको फोहोर, महानगर भन्छ- ‘केही दिन घरमै राख्नू’



६ असार ०७८,काठमाडौं । काठमाडौँ महानगरपालिकाले घरका फोहोर केही दिन घरमै व्यवस्थापन गर्न महानगरवासीलाई अनुरोध गरेको छ । वर्षाका कारण नुवाकोटस्थित सिसडोल पुग्ने बाटो अवरुद्ध भएकाले तीन दिन यता काठमाडौँका सडकबाट फोहोर उठाउन नसकिएको भन्दै महानगरले यस्तो अनुरोध गरेको हो ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमानसिंह डङ्गोलले बाटो बनाउने कार्य भइरहेको र केही दिनमै फोहोर व्यवस्थापन नियमित गरिने बताए । सिसडोलमा १३ वर्षयता ३० लाख टन फोहोर सिसडोलमा व्यवस्थापन भइसकेको छ । अहिले वर्षाले बाटो बिग्रिएकोले फोहोर बोकेका ट्रक नुवाकोटको बाटोमै छन् ।

महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीका अनुसार फोहोर व्यवस्थापनका लागि सफाइ मजदुर तथा नगरपालिकाको फोहोर व्यवस्थापन शाखा कटिबद्ध रूपमा लागि रहेका छन् ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  १० : २० बजे