७ असार ०७८,काठमाडौं । काठमाडौँ महानगरपालिकाको नवौँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०७८÷२०७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।
काठमाडौं महानरका प्रमुख विद्यासुन्दर शाक्यले गत बिहीबार सभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नेपाली काँग्रेसनिकट जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे अध्ययन गर्ने समय माग गरेपछि प्रमुख शाक्यले छलफल दुई दिनका लागि स्थगन गरिएको थियो ।
उपमेयरसहितका काँग्रेसनिकट वडाध्यक्षले नीति–तथा कार्यक्रममा समावेश गर्नुपर्ने केही बुँदा प्रमुख शाक्यलाई बुझाएका थिए । प्रमुख शाक्यले उनीहरुबाट आएका सकारात्मक सुझावले कार्यक्रम गहकिलो बनाउने बताए ।
७ असार २०७८, सोमबार
0
Shares
प्रतिक्रिया