२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरका जनताले बनाएको प्लाण्टको अक्सिजन विरामीलाई निःशुल्क




८ असार ०७८, भक्तपुर । भक्तपुरका जनताले चन्दा दिएर बनाएको प्लाण्टको अक्सिजन विरामीलाई निःशुल्क रुपमा दिइने भएको छ ।
भक्तपुर नगरपालिकाको दशौं नगरसभामा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आव २०७८÷७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनताको आर्थिक सहयोगमा निर्माण भएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन विभिन्न रोगबाट पीडित भक्तपुर नगरवासीका लागि २०७९ असार मसान्तसम्म निःशुल्क वितरण गरिने घोषणा गरेका हुन् ।
नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शिव मानन्धर, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र नगरका ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नीति तथा कार्यक्रम जनमुखी भएको चर्चा गरेका थिए ।
जनताको अमूल्य मतबाट विजयी जनप्रतिनिधिले जनअपेक्षानुरुप कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै उनले नगरपालिकाको नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकको आदर निकेतन सञ्चालन गर्ने विषयमा जनस्तरबाट सुझाव र व्यापक छलफल आवश्यक रहेको औँल्याए ।

उनले योजना छनोट र कार्यान्वयनमा स्थानीय तहको भूमिकालाई गौण बनाउँदै लगिएको र सशर्त बजेटका नाउँमा योजना छनोट गर्ने स्थानीय तहको अधिकारमा केन्द्र र प्रदेश सरकारले अंकुश लगाउँदै आएको आरोप लगाए ।
कार्यक्रममा वाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसार्र्इँले वाग्मती सरकारको नीति तथा कार्यक्रम सस्तो लोकप्रियताका लागि मात्र भएको आरोप लगाउँदै सत्ताधारी ठूला दलका नेता तथा कार्यकर्ताबीच पद, पैसा र कुर्सीका लागि हानथाप भई प्रदेश सरकारलाई बेकाम सावित गरिएको विचार व्यक्त गरेका थिए ।
नेपाल मजदूर किसान पार्टीकाअध्यक्ष नारायणमान बिजुक्छेँले नेपालको चुरे क्षेत्रको बालुवा, ढुंगा, गिटी अधिकांश भारतमा निर्यात गर्दा दोहन मात्र भई नेपाली भूमि डुबानमा परिरहेको बताएका थिए । भक्तपुर नगरपालिकाको दशौंँ नगरसभाको आज उद्घाटन गर्दैै उनले नेपाल सरकारले विदेशीलाई मात्र फाइदा पुग्ने गरी कुनै पनि काम गर्न नहुनेमा जोड दिए ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ४ : २९ बजे