१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण



असार ०७८,  काठमाडौँ ।नेपालमा थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।

पछिल्लो २४ घण्टामा १२२०४ जनामा पिसिआर परीक्षण गरिएकोमा ३७०३ पोजेटिभ देखिएको थियो भने ४७०९ को एन्टिजेन परीक्षण गरिएकोमा ८१९ मा पोजेटिभ देखिएको थियो।
पछिल्लो २४ घण्टामा कूल १६ हजार ९ सय १३ नमूना परीक्षण गरिएको थियो।

मंगलबार थप ४ हजार ९५४ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन्।

त्यस्तै, ४१ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ।

 

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ६ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।