१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरको चाँगुनारायण नगरपालिकाले डाक्टर पढाउने




९ असार ०७८, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरका २ जना विद्यार्थीलाई प्रत्येक वर्ष पूर्णरूपमा शैक्षिक शुल्क नगरपालिकाले बेहोर्ने गरी एमविविएस (डाक्टर) पढ्न छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गर्दै डाक्टर पढाउने घोषणा गरेको हो ।
साथै नगरपालिकाले प्रत्येक वर्ष नौ जनालाई इञ्जीनियरिङमा छात्रवृत्ति चाँगुनारायणसर्वसम्मतिले पारित गरेको छ । नगरपालिकाको मङ्गलबारदेखि शुरु भएको नवौँ नगरसभाको नगरप्रमुख सोमप्रसाद मिश्रले सञ्चालन गरेपछि उपप्रमुख वीणा बाँस्तोलाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभाले सर्वसम्मतले पारित गरेको हो ।
नगरपालिकाले आफ्ना सबै नागरिकलाई कोरोना सङ्क्रमणमुक्त बनाउन पर्याप्त औषधि, चिकित्सक र स्वास्थ्य सामग्रीको व्यवस्थापन तथा परिचालन गर्दै सङ्घीय सरकारसँगको समन्वयमा आगामी छ महिनाभित्र खोप लगाइने भएको छ । कोभिडबाट ज्यान गुमाएका आफ्ना नगरवासीको किरिया खर्चका लागि नगरपालिकाले आर्थिक सहयोग गर्ने नीति तथा कार्यक्रममा व्यवस्था भएको उपप्रमुख बाँस्तोलाले बताइन् ।
स्वास्थ्य सेवालाई चुस्त र गुणस्तरीय बनाउने, चाँगुनारायण अस्पताललाई भक्तपुर जिल्लाको अब्बल संस्थाका रूपमा विकास गर्न अस्पताल विकास समिति निर्माण गरी अघि बढाइने, गुणस्तरीय सेवाका साथै पाँच शय्याको एचडीयू, अल्ट्रासाउण्ड, इको, इसिजी, पिएफटी, अक्सिजन प्लान्टको व्यवस्था गर्ने, अस्पतालमा हरेक दिन फरक विषेशज्ञ सेवासहित आँखा, नाक, कान, घाँटी, बाल विशेषज्ञ सेवा विस्तार गर्ने, आइसीयू भेन्टिलेटरसहितको सुविधायुक्त एचडीयू शय्याको व्यवस्था गरिने नगरप्रमुख मिश्रले जानकारी दिइन् ।
सबै वडामा आधारभूत स्वास्थ्य सेवामा थप सुविधा विस्तार गर्ने, नगरवासीलाई कोरोना भाइरसको आवश्यकतानुसार परीक्षण, सङ्क्रमण, लक्षण देखिएकालाई तत्काल उद्धार, आइसोलेशन तथा सम्पर्कमा आएकालाई टे«सिङ गर्ने, कोरोना नियन्त्रण कोषको गठन गरिने भएको छ ।
चाँगु अस्पतालमा ज्येष्ठ नागरिक, गरिब, विपन्न नगरवासीका लागि निःशुल्क उपचारको व्यवस्था गर्ने, दलित अपाङ्गता, सुत्केरी तथा गर्भवती महिलाको उपचारमा ओपिडी टिकट निःशुल्क गर्ने, पाठेघर, स्तन क्यान्सर, मोतियाविन्दु बिरामीलाई निःशुल्क परीक्षण शिविर सञ्चालन गरिने भएको छ । आगामी वर्ष वडा नं ५, ६, ७, ८ र ९ लाई पायक पर्ने स्थानमा अर्को नयाँ सुविधासम्पन्न नगर अस्पताल निर्माण गर्न डिपिआर निर्माण गर्ने, नगरपालिकाभित्र कम्तीमा दुईवटा वडामा नयाँ स्वास्थ्य ल्याब स्थापना गरिने भएको छ । सबै नगरवासीमा स्वास्थ्य बीमाको पहुँच पु¥याउन ५० प्रतिशत अनुदान र असहाय, विपन्न वर्ग पहिचान गरी निःशुल्क स्वास्थ्य बीमा गरिने, सामुदायिक स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई विस्तार गर्दै निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्ने, सरकारले तोकेको बाहेक मधुमेह, उच्च रक्तचाप, कोलेष्ट्रोल र दमखोकीका औषधि नगरपालिकाले निःशुल्क वितरण गर्ने भएको छ ।
जटिल खालका आठ रोगको उपचारमा १० हजार आर्थिक सहयोग उपलब्ध गराउने, एक वडा एक योग ध्यान केन्द्र तथा एक व्यायामशालाको निर्माण गरिने, विद्यालयस्तरीय स्वास्थ्य तथा पोषण कार्यक्रम लागू गर्ने, प्रत्येक वडामा रहेका सामुदायिक विद्यालयमा स्वास्थ्य शिक्षा तथा पोषण कार्यक्रम गरिने, प्रत्येक स्वास्थ्य संस्थामा निःशुल्क गर्भ जाँच गर्ने, घुम्ती अल्ट्रा सोनोग्राफी सेवा सञ्चालन गरिने छ ।
शिक्षातर्फ प्राविधिक तथा व्यावसायिक शिक्षामा प्रोत्साहन गर्ने, उपप्रमुखसँग किशोरी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, गरिब, विपन्न, असहाय, जेहेन्दार विद्यार्थीको उच्च शिक्षा अध्ययनको लागि मेयर छात्रवृत्ति कार्यक्रमको लागू गरी सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट शिक्षण सिकाइ गर्न प्रोत्साहन गरिने, स्थानीय पाठ्यक्रमलाई प्रभावकारिताका साथ कार्यान्वयनमा ल्याइने, विद्यालयस्तरीय मेयरकप फुटबल तथा भलिबल कार्यक्रम सञ्चालन गरिने, परीक्षाको नतिजाका आधारमा विद्यालयलाई पुरस्कृत गरिने नीति लिइएको छ ।
सामुदायिक सिकाइ केन्द्रलाई सूचना प्रविधिमैत्री बनाइने, सामुदायिक विद्यालयमा विद्यालय नगर बस सञ्चालन गर्ने, एक माध्यमिक र एक आधारभूत विद्यालय छनोट गरी नमूना विद्यालयका घोषणा गर्ने, सामुदायिक विद्यालयमा छात्राहरुलाई निःशुल्क स्यानेटरी प्याड वितरण गरिने, दरबन्दी मिलान सम्पन्न गरिने भएको छ । त्यस्तै खेलकूदको विकासका लागि अन्तर्राष्ट्रियस्तरको रग्बी रङ्गशाला निर्माण गरिनेछ, एक वडा एक खेल मैदान बनाइने, नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड तथा विद्यालयमा खेलकूद सप्ताह कार्यक्रम सञ्चालन गरिने, प्रत्येक वडामा ज्येष्ठ नागरिक मिलन चौतारी सञ्चालन गरिने नीति लिएको नगरप्रमुख मिश्रले बताए ।
किसानलाई प्रविधिमा अनुदानको नीति लिँदै एक घर एक परिवार, फलफूल सदाबहार कार्यक्रम लागू गरिनेछ । बाँझो जग्गा राख्न निधेष गर्दै त्यस्ता जग्गामा कृषि उत्पादनका लागि आह्वान गर्ने, उत्कृष्ट कृषकलाई पुरस्कृत गरिने, कृषि भण्डारण एवं प्रशोधन केन्द्र सञ्चालन गरिने र कृषिमा आधारित उद्योग खोल्न लगानी बढाइने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउन एक घर एक करेसाबारी कार्यक्रममार्फत व्यावसायिक तरकारी खेती गर्न कृषकलाई सहुलियत दिने, कृषकलाई कृषि ऋण उपलब्ध गराउने, प्राविधिक सहयोग उपलब्ध गराइने, खाद्य अधिकार सुरक्षा तथा कृषिमा आधारित रोजगार बढाइने, महिलालाई सामूहिक कृषि तथा पशुपालन व्यवसाय गर्न ब्याज अनुदानमा ऋणको व्यवस्था गर्ने, प्रत्येक वडामा कृषि उपज केन्द्र स्थापना गरिने, व्यावसायिक जडीबुटी खेती तथा बेमौसमी तरकारी खेतीका लागि टनेल खेती विस्तार गरिने नीति नगरपालिकाले लिएको छ । नगरसभा बिहीबार सम्पन्न हुनेछ ।

 

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १० : ४४ बजे