१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरकाे नगरसभा बहुमत सदस्यले बहिष्कार गर्ने



१० असार ०७८, काठमाडौं । ललितपुर महानगरकाे नगरसभा बहुमत सदस्यले बहिष्कार गर्ने भएका छन् ।सभाका स‌याेजनकर्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष  श्रीगाेपाल महर्जनले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी दिएका हुन् ।

महर्जनकाे अनुसार नगरसभामा रहेका ९२ सदस्यहरुमध्ये ६६ जनाले महानगरकाे सभा बहिकार गर्ने निर्णय गरेको छन् । उनीहरुले नीति तथा कार्यक्रम पारित हुनुअघि कुनै छलफल नगरिएको भन्दै सभा बहिकार गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । बिहीबार देशभरका स्थानीय तहहरुले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्नेछ । बजेट सार्वजनिक गर्न ललितपुर महानगरले पनि बिहीबार दिउँसो १ बजेका लागि नगरसभा बैठक बोलाउने निर्णय गरेको थियाे ।

 

 

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ३ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।