२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मन्त्रीहरूकाे जिम्मेवारी हेरफेर, विष्णु पाैडेललाई गृहसहित तीन मन्त्रालयकाे जिम्मेवारी



१० असार ०७८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूकाे जिम्मेवारी हेरफेर गरेका छन् । रक्षा र परराष्ट्र मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री ओली आफैँले राखेका छन् ।

अहिले अर्थ मन्त्रालयकाे जिम्मेवारी सम्हालिरहनुभएका विष्णु पाैडेलले थप उद्याेग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्राेत तथा सिँचाइ र गृह मन्त्रालयकाे जिम्मेवारी पाएका छन् ।

शिक्षा मन्त्रालय सम्हालिहरनुभएका कृष्णगाेपाल श्रेष्ठले थप वन तथा वातावरण; युवा तथा खेलकुद; श्रम, राेजगार तथा सामाजिक र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे जिम्मेवारी पाएका छन् ।

भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालिरहेका वसन्तकुमार नेम्वाङले थप कृषि, तथा पशुपक्षी विकास; खानेपानी; सञ्चार, तथा सूचना प्रविधि र सहरी विकासकाे जिम्मेवारी पाएका छन् ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले थप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ६ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।