२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महालक्ष्मी नगरको बजेट १ अर्व ९४ करोड, आजै पारित




१० असार ०७८, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाको नगरसभामा रु एक अर्ब ९४ करोडको बजेट पारित भएको छ । ‘स्वच्छ, सफा, समृद्ध सुन्दर–महालक्ष्मी नगर’ भन्ने नारासहित आउँदो आर्थिक वर्ष २०७८÷७९ का लागि मङ्गलबारदेखि शुरु भएको दशैँनगरसभामा उपप्रमुख निर्मला थापाले आज विहीबार चालु खर्चतर्फ २८ दशमलव ७१ प्रतिशत र पूँजीगततर्फ ७१ दशमलव २९ प्रतिशत रकम विनियोजन गरिएको जानकारी दिइन् ।
नगरसभाले महालक्ष्मीको वडा नं ८ लुभू र वडा नं ९ लामाटार भौगोलीक हिसाबले जनसङ्ख्या बढी रहनाका साथै यी वडामा सेवा प्रवाह चुस्त र दुरुस्त बनाउन दुई÷दुई वडामा विभाजन गर्ने नयाँ नीतिसमेत पारित गरेको बताइएको छ । मुलुकमा बढ्दै गइरहेको कोरोना नियन्त्रण तथा उपचार र परीक्षणका लागि स्वास्थ्य उपकरण तथा सामग्री आपूर्ति गर्ने र प्रभावितलाई रोजगारीका साथै राहत र सहायताको व्यवस्था पनि गर्ने भएको छ ।
कोरोनाका कारण अभिभावक गुमाएका १८ वर्ष मुनिका बालबालिकालाई शैक्षिक सहायता, वडा नं १ इमाडोलमा बहुउद्देश्यीय भवनका साथै मनमोहन मेमोरियल तथा गणेशमान उद्यान अनि नगर सभाहल र अन्तरराष्ट्रिय धार्मिक सङ्ग्रहालय निर्माण गर्ने भएको छ ।
नगरभित्रका ज्येष्ठ नागरिकका हितमा बाआमा स्वास्थ्य सेवा कार्यक्रम तथा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न छात्राका लागि शैक्षिक सहायता र नगरक्षेत्रभित्रको सार्वजनिक जग्गा संरक्षण गर्ने कार्यक्रममा जोड दिएको देखिन्छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ८ : २२ बजे