५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरले भन्यो, गणपूरक संख्या पुगेको नदेखिएपछि बैठक स्थगित गरेका हौं’



११ जेठ ०७८, ललितपुर । ललितपुर महानगरपालिकाले असार १० गते बोलाइएको नगरसभा कार्यसूची समावेश नीति तथा बजेट प्रस्तुत भई छलफलको प्रक्रियामा अन्य सदस्यहरुको अनुपस्थितिका कारण गणपूकर संख्या पुगेको नदेखिएकाले बैठक स्थगित गरेको जनाएको छ ।

महानगरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बैठक असार १२ गते शनिबार बिहान ११ः ४५ बजेका लागि बोलाइएको जनाएको छ ।
यस्तै महानगरले नगरसभामा पेश गर्ने नीति तथा बजेटको कार्यसूचीसहित असार ९ गते बिहान ८ बजेदेखि शुरु भएको कार्यपालिका बैंठक नीति तथा बजेट, अन्य समसामायिक विषय र नगरसभाको सन्दर्भमा राति ८ बजेसम्म छलफल भएको जनाएको छ ।

महानगरले ऐन कानूनमा व्यवस्था भए बमोजिम असार १० गते नै नगरसभामा नीति तथा बजेट पेश गर्नुपर्ने बाध्यकारी कानूनी व्यवस्थाले गर्दा कार्यपालिकामा प्रस्तुत भई छलफल भएको नीति तथा बजेट नगरसभामा पेश भएको जनाएको छ ।

 

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ५ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।