१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा जग्गाको मूल्य, कुन क्षेत्रमा कति ?



१२ असार ०७८, काठमाडौं । काठमाडौं महानगरपालिकाले घरजग्गा मूल्यांकन पुरानै व्यवस्थालाई कायम राखिएको छ।
महानगरपालिका क्षेत्रका प्रमुख सडक एवं सडकको दायाँबायाँका जग्गाहरुको सम्पत्ति कर मूल्यांकन सार्वजनिक गरेको छ।
मनोहरा पुल– तीनकुने–चावहिलसम्मको प्रतिआना २८ लाख रुपैयाँ तोकेको छ। नयाँ बानेश्वरदेखि त्रिपुरेश्वरसम्मको मुख्य सडक क्षेत्रको मूल्य ३२ हजार रुपैयाँ मूल्यांकन हुने महानगरले जनाएको छ।

चक्रपथको वनस्थलीदेखि नारायणगोपाल चोक –धोबीखोला पुलसम्म २८ लाख रुपैयाँ तोकिएको छ। नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्मको २८ लाख मूल्यांकन हुनेछ।

काठमाडौंको सबैभन्दा बढी न्युरोड सडक क्षेत्रमा प्रतिआना ५० लाख रुपैयाँ तोकिएको छ। त्यसैगरी केशरमहल, ठमेल, असन, वीर अस्पताल, वायुसेवा निगम, पुराने बसपार्क, पुतलीसडक, बागबजारमा ५० लाख मूल्यांकन नै गरिएको छ।
कालीमाटी चोकदेखि बल्खु क्षेत्रमा २५ लाख रुपैयाँ रहेको छ। काठमाडौं महानगरपालिकाले बाटो नभएका सडकमा वर्गअनुसार मूल्य निर्धारण गरेको छ।

घट्टेकुलो चोक, अनामनगर, कालिका स्थान, कृष्णपाउरोटी, कमलपोखरी क्षेत्रमा २८ लाख तोकिएको छ।

 

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ८ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।