५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी



१३ असार ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी गरिएको छ। पछिल्लोपटक थप गरिएको निषेधाज्ञा सोमबार सकिँदैछ। निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी छलफल भइरहे पनि सार्वजनिक यातायात भने खोल्न नदिइने भएको छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार निषेधाज्ञालाई जारी राखिन्छ तर के-के खुल्न दिने भन्ने निर्णय गरिनेछ ।

उनकाअनुसार सम्भवत आज उपत्यकाभित्रका प्रजिअहरूको बैठक बस्नेछ। उक्त बैठकअगाडि जिल्लास्तरीय कोभिड नियन्त्रण समितिको बैठक बसेर संक्रमणको अवस्थाबारे छलफल हुनेछ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १० : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।