१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


न्यूरोडमा ८ वर्षीया बालिका बलात्कृत



साँकेतिक तस्विर : इन्टरनेट

१३ असार ०७८, काठमाडौं ।  काठमाडौं न्यूरोडमा पार्किङ गरेर राखेको गाडीको आडमा एक बालिका बलात्कृत भएकी छिन्। काठमाडौं महानगरपालिका-२३ जुद्धशालिक धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जग्गामा पार्किङ गरेर राखेको गाडीको आडमा शनिबार बालिका बलात्कृत भएकी हुन्।

बलात्कारको आरोपमा वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले धादिङ धुनिवेशी नगरपालिका–१ घर भएका ३५ वर्षीय सूर्य तामाङलाई पक्राउ गरेको छ। तामाङविरुद्ध जबरजस्ती करणको कसूरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको वृत्त जनसेवाले जानकारी दिएको छ।

 

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ४ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।