१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा दुई हजार तीन सय ८५ जना सक्रिय संक्रमित



१३ असार ०७८, ललितपुर । काठमाडौं उपत्यकामा थप चार सय २४ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्।

आइतबार स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार उपत्यका भित्रका तीन जिल्लामा थप ४ सय २४ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका २ सय ९२, ललितपुरका एक सय र भक्तपुरका ३२ जना छन्। त्यस्तै, काठमाडौं उपत्यकामा अझै आठ हजार ५ सय ८ जना सक्रिय संक्रमित छन्।

काठमाडौंमा मात्रै चार हजार तीन सय ९१, भक्तपुरमा एक हजार सात सय ३२ र ललितपुरमा दुई हजार तीन सय ८५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ६ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।