१५ असार ०७८, ललितपुर । हरेक वर्ष झैं यो बर्ष पनि असार पन्घ्रका अवसर पारेर धान दिवस मनाइएको छ ।
१८औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्वस कार्यक्रममा आधुुनिक मेसिनबाट ललितपुरको खुमलटारमा मङ्गलबार धान रोप्दै कृषि तथा पशुुपन्छी विकासमन्त्री बसन्तकुुमार नेम्वाङले रोपेका छन् । धान रोपाइँ कार्यक्रम कृषि विभाग हरिहर भवन ललितपुुर, नेपाल कृषि अनुुसन्धान परिषद सिंहदरबार र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको संयुुक्त आयोजनामा भएको थियो ।
देशभर भइरहेको रोपाईका हल गोरु हराउदै गएका छन् । धेरै ठाँउमा ट्याक्टर प्रयोग भइरहेको छ । असारे गीतका भाका हराउदै गएका छन् ।
तस्बिर : कृष्ण न्यौपाने,चन्द्रकला क्षेत्री\रासस
प्रतिक्रिया