१५ असार ०७८, काठमाडौं । ललितपुरको भैसेपाटीमा एक युवकको करेन्ट लागेर आज मंगलबार विहान मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका ३ पाटन घर भएका ५० वर्षीय सुनिल लामाको आज बिहान करेन्ट लागेर मृत्यु भएको हो । यसै महानगरपालिका १८ भैँसेपाटीस्थित हेमन्त लामाको घरमा पाल टेन्ट हाल्ने क्रममा फलामको पाताले नाङ्गो तारमा छोई करेन्ट लागेर अशक्त भएका उनको नेपाल मेडिसिटी अस्पताल नख्खुमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्भमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया