२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको गोटिखेल आसपास लौठ सल्लाको बिरुवा वितरण




१६ असार ०७८,ललितपुर । महाङ्काल गाउँपालिकाले यहाँका किसानलाई लौठ सल्लाका बिरुवा वितरण गरेको छ । कृषकको आयस्तर वृद्धि गराउन गाउँपालिकाले सल्लाका बिरुवा वितरण गरिएको गाउँपालिकाका कृषि शाखाप्रमुख मुरलीधर घिमिरेले बताएका छन् ।
घिमिरेले भने, “गाउँपालिकाले माग गरेको खुला निवेदनअनुरुप हाल्ने जति सबैलाई दामासाहीले प्रत्येक व्यक्तिलाई १५० गोटाका दरले वितरण गरेका हौँ ।” गाउँपालिकाले डेढदेखि दुई वर्षका बिरुवा वितरण गरेको हुँदा अबका तीनदेखि चार वर्षमा किसानले फाइदा लिन सक्ने घिमिरेले जानकारी दिए ।
महाङ्काल क्षेत्रमा राम्रोसँग लौठ सल्ला उत्पादन भइरहेको हुँदा किसानको हितमा गाउँपालिकाले रु छ लाख खर्च गरी नौ हजार बोट वितरण गरेको गाउँपालिकाका प्राविधिक विकास दाहालले बताए । भने, “गाउँपालिकाको भौगोलिक दृष्टिकोण तथा हावापानीका आधारमा यो वनस्पतिले निकै फाइदा दिने विश्वास लिएका छाँै ।” यो सल्लाका बिरुवा एक रोपनी जमीन बराबर ५० देखि ७० लगाउन मिल्ने दाहालको भनाइ छ ।
गाउँपालिकाले चालु आव २०७७÷७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा वडा नं ३ सिसवनमा लौठ सल्ला पकेट क्षेत्र बनाई गाउँवासीको जीवन उकास्ने घोषणासमेत गरेको उपाध्यक्ष कमला तामाङले बताइन् ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १२ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।