५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फर्जि चेक दिने पुरुष गोकर्णबाट पक्राउ



१७ असार ०७८, काठमाडौं । फर्जि चेक दिएर झुक्याउने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्वर नगरपालिका ७ जोरपाटी बस्ने रामेछाप खाँडाखेती गाउँपालिका ७ स्थायी वतन भएका ४६ वर्षीय सानुकाजी महतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७७ पुस १४ र माघ १८ गतेको फैसलाले महतलाई क्रमशः १५ दिन कैद र ३५ लाख रुपैयाँ जरिवाना तथा ५ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना गरी कूल २० दिन कैद र ४८ लाख जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं जोरपाटीबाट पक्राउ गरेको हो ।
२०७६ सालमा महतले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी नेपाल इन्भेष्टमेन्ट बैंक र एनसिसि बैंकमा रहेको निजको नामको खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई ४८ लाख रुपैंया बराबरको चेक काटी दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट उक्त सजाय ठहर भएको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जानकार िदिएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ११ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।