१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप २ हजार २ सय ९९ जनामा काेराेना संक्रमण पुष्टि



१८ असार ०७८ काठमाडौँ  । नेपालमा शुक्रबार थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यस दिन कुल १० हजार ५९६ जनाको नमूना परीक्षण गरिएको थियो। ६ हजार ५ सय ६६ को पिसिआर विधिबाट परीक्षण गर्दा १३९१ लाई संक्रमण पुष्टि भएको थियो भने ४ हजार ३० मा एन्टिजेन परीक्षण गर्दा ९०८ मा पोजेटिभ देखिएको थियो।

पछिल्लो २४ घण्टामा ३४५१ जना निको भएका छन्। हालसम्म कोरोना संक्रमण पुष्टि भएर निको भएकाहरूको संख्या ६ लाख ३ हजार ६ सय पुगेको छ। यस्तै  निको हुनेको दर ९४  प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

शुक्रबार थप ३४ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। यीसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ७९ पुगेको छ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ४ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।