१८ असार ०७८, ललितपुर । सवारी चालक अनुमतिपत्र लाइसेन्स किर्ते गरेको अभियोगमा महालक्ष्मी नगरपालिका ६ सिद्धिपुर बस्ने देवकाजी तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
लगनखेल बसपार्क अगाडि सडकमा महानगरीय ट्राफिक प्रहरी वृत्त सातदोबाटो ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा जावलाखेलबाट लगनखेलतर्फ आउदै गरेको बा.२ ख ६५५६ नम्बरको बसका चालक देवकाजीलाई सवारी चालक अनुमतिपत्र शंकास्पद देखिएपछि पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रतिक्रिया