१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कुलेखानी भरिदै गएपछि नदि किनारामा सर्तक रहन आग्रह




२० असार ०७८, काठमाडौं ।  मकवानपुरस्थित कुलेखानी जनविद्युत् आयोजनाका लागि मानव निर्मित इन्द्र सरोवर भरिदै गएपछि नदि वरपरका तटिय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ ।
इन्द्र सरोवरबाट बग्ने पानी मकवापुरको फाखेलनजिकै रहेको सिस्नेरी,इपा,ठिङ्गन, ललितपुरको माल्टा,प्युटार, आश्राङ,गिम्दी, ठुलादुर्लुङ हुँदै काभ्रे र मकवापुरतर्फ अघि बढ्छ ।
पछिल्लो समय निरञ्तर पानी परिरहेको र इन्द्र सरोवरका सतह बढ्दै गएको पछि ढोका खोल्नु पर्ने अवस्था आउन सक्ने बताइएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता मन्दन तिम्सिनाका अनुसार कुलेखानीमा पानीको सतह असार गएको १६ गते बिहान ८ बजे १५०३.४१ मिटर, १६ गते बिहान ६ बजे १५१०.६६ मिटर, १८ गते बेलुका ८ बजे १५१२.६१ मिटर र आज १९ गते दिउँसो १ बजे १५१८.३५ मापन गरिएको थियो । कुलेखानीमा जलस्तरको माथिल्लो क्षमता १५३० मिटर हो । त्यो भन्दा बढ्न जाँदा जोखिम बढ्ने हुँदा ढोका खोल्ने गरिन्छ ।
पानी निरन्तर परिरहेको हुँदा अहिले कुलेखानी जलविद्युत् आयोजना पूर्ण रुपमा सञ्चालन गरिरहेकोबाट पुर्ण क्षमतामा विद्युत उत्पादन गरिएको प्राधिकरणले जनाएको छ । यसरी नै जलस्तर बढदै गयो भने १५३०.० मी पुग्नु अघि इन्द्र सरोवरको ढोका खोलेर पानी निकास दिनु पर्ने अवस्था आउने प्राधिकरणको भनाई छ । यस इन्द्र सरोवरको पानीले कुलेखानी पहिलो, दोस्रो र तेस्रो पावरहाउसबाट १०६ मेगावाट विद्युत उत्पादन भइरहेको छ ।
प्राधिकरणले यो जलविद्युत् बर्षामा पानी जम्मा गरेर हिउँस याममा पानी कम भएको मौका पारेर चलाउने गरेको छ । कुलेखानी जलविद्युत आयोजना नेपालकै पहिलो र एक मात्र जलाशययुक्त विद्युत आयोजना हो ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ९ : ३५ बजे