२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


टोखामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते



२० असार ०७८, काठमाडौं । काठमाडौं टोखा नगरपालिकामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
शनिबार राति पौने ११ बजे बा २ क ३४६६ नम्बरको टिपरले प्रदेश ३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ । ठक्करबाट मोटरसाइकल चालक नुवाकोटको बेलकोट नगरपालिका–६ का २६ वर्षका सन्तोष अधिकारी र मोटरसाइकलको पछाडि बस्ने त्यही ठाउँका २२ वर्षका दिपेश थापाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलकै पछाडि बस्ने ३० वर्षका सागर खतिवडा भने घाइते भएका र उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा तीन जना सवार थिए । टिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ९ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।