५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चेक बाउन्स गर्ने ललितपुर कुपण्डोलका जबरा पक्राउ, ४५ लाख जरिवाना



२१ असार ०७८, ललितपुर । बैंकिङ्ग कसूर मुद्दाका फरार शिशिर शमशेर जबरा बिजुलीबजारमा लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका छन् । कुपण्डोलका ५० वर्षीय जबरा ६ महिनापछि लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनको २०७७ पुस २६ गतेको फैसलाले उक्त मुद्दामा १० दिन कैद र ४५ लाख रूपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही महत फरार हुँदै आएका थिए ।

जबराले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी झुक्यानमा पारी चेक काटी पीडित समिररत्न बज्रचार्यलाई दिएकोमा बैंकिङ्ग कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ५ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।