२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भट्टेडाँडा आधारभुत बिधालयले सुरु गर्यो टेलिफोन पाठशाला



लेन्स : ललितपुर खबर

२२ असार ०७८,ललितपुर । ललितपुरको बागमती गाउपालिकोा रहेको भट्टेडाडा आधारभुत विद्यालयले टेलिफोन पाठशाला सुचारु गरेको छ ।
सामुदायिक विद्यालयको भाषा शिक्षकहरुद्वारा अभिभावकहरुलाई फोन सम्पर्क गरि कक्षा १ देखि कक्षा ८ का बिद्यार्थीहरुलाई फोन सिकाइ सहजिकरण गरि टेलिफोन पाठशाला सुचारु गरिएको हो ।
कोरोना भाइरसको दोश्रो लहरका कारण विद्यालयहरु बन्द भएको र विद्यार्थीहरु घरमा नै रहेका बेला विद्यार्थीहरुको शिक्षण सिकाइलाई निरन्तरता दिनको लागि सहजीकरणमा वैकल्पिक सिकाइका माध्यमहरु मार्फत टेलिफोन पाठशाला सुरु गरिएको विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष दिपक घिमिरेले जानकारी दिए ।
कोरोना माहामारीको परिस्थितिमा विद्यार्थीहरु शिक्षण पढाईबाट बञ्चित नहुन् भन्ने उद्देश्यले शिक्षकहरु र व्यवस्थापन समितीको संयुक्त बैठक बसी निर्णय गरिएको प्रधानाध्यापक सिताराम चौरेलले बताए ।
साथै विद्यार्थीहरुलाई फोन सम्पर्क गरी सिकाइ सहजिकरणका लागी साक्षरता कार्याक्रम लागु भएका विद्यालयका भाषा शिक्षकहरुलाई अभिमुखीकरण व्यवस्था गरी फोनबाट विद्यार्थी सिकाइ सहजीकरण सुचारु गरिएको छ ।
निषेधाज्ञाको समयमा सिकाइ जहाँ पनि जहिले पनि भन्ने मान्यताका साथ टोलटोल मा शिक्षक खिटाई पढाईमा सहजिकरण गरिने कार्यक्रम रहेको अध्यक्ष दिपक घिमिरे बताउछन् ।
फोनबाट बिद्यार्थी सिकाइ सहजीकरणले यो निषेधाज्ञाको समयमा अन्योलमा रहेका अभिभावक र बिद्यार्थीहरुले सिकाइको नौलो स्वरुपको महशुस गर्ने बताइएको छ । फोन सिकाइ सहजीकरणले गर्दा पढ्न अलमलमा रहेका विद्यार्थी उत्साहित रहेको घिमिरेले बताए ।
बिद्यार्थीलाई सहजिकरण गर्नको लागि फोन खर्च शिक्षकहरुलाई बिधालय उपलब्ध गराउने अध्यक्ष घिमिरेलेजानकारी दिए ।

 

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ९ : ०९ बजे