५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको बुरुञ्चुलीमा करेन्ट लागेर तामाङकोे मृत्यु, अर्का घाइते



प्रतिकात्मक तस्बिर

२२ असार ०७८, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका ७ देविचौर बुरुञ्चुली बस्ने १० वर्षीय जाकेस तामाङको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
यसै ठाउँस्थित बुरुङचुली खोलामा पौडी खेल्न गएका जाकेस लगायत २ जना व्यक्तिहरु पोलबाट लत्रिएर पानीमा खसेको विजुलीको तारबाट करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ । उनीहरु अशक्त भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त चापागाउँबाट खटिएको प्रहरीले उपचारका लागि गोदावरी नगरपालिका ६ आन्नद बन अस्पताल टिकाभैरब पठाएकोमा उपचारको क्रममा जाकेसको मृत्यु भएको हो ।
घाइते बबि तामाङको यसै अस्पतालमा उपचारपछि घर फर्किएको गोदावरी ७का वडासदस्य मान बहादुर तामाङले जानकारी दिए । उनको अवस्ता अवस्था तामाङका अनुसार सामान्य छ ।
तामाङको शव पोष्ट मार्टमका लागि पाटन अस्पताल लगिएको छ । पोलबाट लत्रेको तार उठाउन स्थानीयबासीहरुले पटक पटक ध्यानाकर्षण गरेको भए पनि सम्बिन्धित निकायबाट सुनुवाई नभएको एक स्थानीयले बताए ।

 

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ३ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।