२२ असार ०७८, काभ्रे । काभ्रपाल्चोक जिल्लास्थित पाँचखाल नगरपालिका ६ दुलालगाँउ बस्ने ६५ वर्षीय उपेन्द्र बहादुरदुलालको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । प्रहरीका अनुसार आफ्नै खेतमा मोटर चलाई पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई धुलिखेल अस्पतालतर्फ लैजाने क्रममा बाटोमैमृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
प्रतिक्रिया