१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले कार्यदलको बैठक सकियो, भोलिसम्म ठोस निष्कर्षमा पुग्ने



२३ असार ०७८, काठमाडौं । पार्टीभित्रको विवाद समाधानमा सक्रिय एमाले कार्यदलको बैठक सकिएको छ । बुधबार सिंहदरबामा बसेको बैठक भोली पुनः बस्ने गरी सकिएको हो । एमाले पार्टी प्रवक्ता प्रदीप ज्ञवाली भोलिसम्म पार्टी एकतामा देखिएका अवरोधहरु हट्ने दाबी गरे ।
बैठक सकिएपछि प्रतिक्रिया दिनेक्रममा उनले त्यस्तो दाबी गरेका हुन्।

उनले पछिल्ला तीन दिनका कार्यदल बैठकहरु सकारात्मकउन्मुख रहेको र भोलिसम्म एकता टुंगिने दाबी गरेका छन् । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बिद्रोही नेता माधवकुमार नेपाल पक्षका ५/५ जना कार्यदलका सदस्यहरु सामेल थिए।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।