२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महालक्ष्मी नगरपालिकामा मल बनाउन कम्पोस्टबिन वितरण



२३ असार ०७८, ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरमा मल बनाउनका लागि कम्पोस्टबिन अर्थात् फोहर कुहिने भाँडा वितरण गरिएको छ । ‘स्वच्छ, सफा, सुन्दर–महालक्ष्मी नगर’ भन्ने नारालाई आत्मसाथ गर्दै वडाले सरसफाइलाई ध्यानमा राखी सो भाँडा वितरण गरेको हो । नगरपालिकाका अन्य वडाले विभिन्न कार्यक्रम अघि बढाउने क्रममा आफूहरूले भने स्वास्थ्य र सरसफाइलाई मध्यनजर गरी वडाभित्रका केही घरमा कुहिने फोहरबाट प्राङ्गरिक मल बन्न सहयोग होस् भनी ४२ बिन वितरण गरिएको वडाध्यक्ष वासुदेव महर्जनले बताए ।

उनले भने, “यो भाँडा हामीले वडामा कार्यारत कर्मचारी स्वस्थ्य स्वयंसेविका तथा सामुदायिक स्वास्थ्य केन्द्रका कर्मचारीलगायत केही व्यक्तिका निजी घरमा फोहर हाल्न दियौँ ।” वडाका सार्वजनिक स्थानमा सो तवरका भाँडा राख्दा झन् फोहर बढेको र त्यसको सफा सुघरमा खासै ध्यान गएको नदेखिएकाले व्यक्तिको घरमा राखेको भाँडा सफा हुनाका साथै मलसमेत उत्पादन हुँदा रु एक लाख खर्च गरी बिन बाँडेको महर्जनले जानकारी गराए ।

“वडावासी ‘गोदावरी खोला सरसफाइ अभियान’ मा पनि जुट्दै आएकाले नजिकै रहेका कुला, नहर, पार्टीपौवा, मठमन्दिर आदि सफा र सुन्दर भइरहँदा किन प्रत्येक दिन भान्छाबाट निस्कने कुहिने फोहर पनि व्यवस्थापन नगर्नु भनी यसलाई अघि बढाएका हौैँ, उनले भने । नगपालिकामा रहेका कूल ४५ स्वास्थ्य स्वयंसेविकामध्ये सिद्धिपुरमा कार्यारत नौले उक्त भाँडा आ–आफ्ना घरमा राखी मल बनाउने अवसर पाएका जानकारी गराइएको छ । सो बिनको तल्लो भागबाट तयार भएको मल निकाल्न मिल्छ । रासायनिक मल प्रयोग गरिएका खाद्यान्नले मानिसको स्वास्थ्यमा असर गर्ने हुँदा सो मलको प्रयोग गरी फलेका अर्गानिक तरकारी अनि फलफूलले धेरै फाइदा पुग्ने महर्जनले बताए ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ७ : ०३ बजे