५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंसहित ४० जिल्लामा बाढीको उच्च खतरा



२४ असार ०७८, काठमाडौं । बिहीबार बिहानैदेखि देशभैर वर्षा भइरहेको छ। कतिपय स्थानमा निकै ठूलो वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षासँगै देशैभर बाढी, डुबान र पहिरोको जोखिम बढेको छ। कतिपय स्थानमा बाढी तथा पहिरोका कारण क्षतिसमेत भइरहेका छन्।

यसै सन्दर्भमा बाढी पूर्वानुमान महाशाखाले आज कहाँ कहाँ बाढीको उच्च जोखिम छ भनेर आकलन सार्वजनिक गरेको छ।

सार्वजनिक बुलेटिनअनुसार बाढी पहिरोको खतरा देशभैर भए पनि आज विशेषगरी काठमाडौंसहित देशका ४० जिल्लामा बाढीको उच्च जोखिम छ।

ती जिल्ला हुन्– इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, खोटाङ, उदयपुर, बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, मकवानपुृर, चितवन, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुली, तनहुँ, लमजुङ, पर्वत, कास्की, बागलुङ, म्याग्दी, नवलपुर, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुमपूर्व, कपिलवस्तु, दाङ, रुकुमपश्चिम, जाजरकोटा, कालिकोट, दैलेख र सुर्खेत।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  १० : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।