३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर जिल्ला अदालतले पाँच वर्षभित्र पूर्णरूपमा ‘डिजिटाइज’गर्ने



२४ असार ०७८, ललितपुर । ललितपुर जिल्ला अदालतले आगामी पाँच वर्षभित्रमा अदालतलाई पूर्णरूपमा ‘डिजिटाइज’गर्ने भएको छ ।
बिहीबार ललिपुर जिल्ला अदालतमा आयोजित कार्यक्रममा बोल्दै स्रेस्तेदार विष्णुप्रसाद पाण्डेले अदालतलाई पोकामा मिसिल बाँधेर राखिने परम्परागत पद्धतिमा सुधार गरी पूर्णरूपमा डिजिटाइज अदालतको रूपमा विस्तार गरिने बताए ।
उनका अनुसार अदालतको अभिलेख शाखामा रहेका ६८ हजार १ सय ४८ थान मिसिलहरूमध्ये ६६ हजार ६ सय ६३ थान मिसिल सफ्टवेयरमा इन्ट्री गराइसकिएको, अभिलेखमा दर्ता रहेका मिसिल कागजातहरु मध्ये ५३ हजार २ सय ६९ थान मिसिल कागजातहरु धुल्याइ सकिएको र ११ हजार ६ सय ६२ मिसिलहरुलाई स्क्यान गरी डिजिटाइज समेत गरिसकिएको छ । मेलमिलापमार्फत् मुद्दाको मिलापत्र गराउने काम प्राथमिकतामा राखेको अदालतले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ६ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।