३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौं आउने मुग्लिन सडकमा जाम, एकतर्फी गाडी सञ्चालन



लगातारको झरीले नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चार किलोमा गएको पहिरो डोजरले हटाइँदै । तस्वीरः कृष्ण आचार्य/रासस

२५ असार ०७८, चितवन । भरतपुर महानगरपालिका २९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो । सडक एकातफी सञ्चालन भएपछि लामो जाम भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । यो स्थानमा वर्षा शुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । एक साताभन्दा बढी समयदेखि यो ठाउँमा पटक–पटक पहिरो खसेर दुःख दिइरहेको छ । पानी परे लगत्तै पहिरो खस्ने समस्या छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ७ : ५० बजे