२५ असार ०७८, चापागाँउ । ललितपु्र चापागाँउस्थित निर्माणाधिन भागाँवन पर्यटकीय स्थलको प्रवेशद्वारमा बृक्षारोपण गरिएको छ ।
वागमती प्रदेश सासंद चेतनाथ सञ्जेल,गोदावरी १०का वडाध्यक्ष दर्शन विष्टलगायतको सहभागीतामा बृक्षारोपण गरिएको स्थानीय समाजसेवी प्रकाश केसीले ललितपुर खबरलार्इंं बताए ।
टाहाखेल भागावनमा पर्यटकीय स्थल निर्माण गर्नका लागि पुर्वाधार निर्माणका क्रममा धुपि ् कपुरलगायतका विरुवा रोपिएको केसीले बताए ।
उनले भने,‘भागावनमा हनुमानको मूर्ति राख्ने योजना अनुसार सिमेन्टको सिडी बनाइएको छ । यहाँ गेट पानी ट्याङ्की समेत बनाइसकिएको छ ।’
केसीका अनुसार हनुमानको मूर्ति स्थापनका लागि बजेट समेत विनियोजन भइसकेको छ । उनले भने ‘अव छिट्टै काम हुन्छ ।’
२५ असार २०७८, शुक्रबार
0
Shares
प्रतिक्रिया