१४ कार्तिक २०८१, बुधबार | Thu Oct 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा चार वर्षको अवधिमा १ हजार २०७ वटा सम्बन्ध विच्छेदका मुद्दा



©lalitpurkhabar.comshyam phuyal

ललितपुर खबर, २५ असार ०७८, ललितपुर । जिल्ला अदालत ललितपुरको तथ्यांक अनुसार ललितपुर जिल्लामा गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा सम्बन्धविच्छेदको घटना बढेको पाइएको हो । जिल्ला अदालत ललितपुरमा २०७५ साल भदौ १ गतेबाट देवानी संहिता लागू भएपछि हालसम्म १ हजार २०७ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७६/७७ मा सम्बन्ध विच्छेदका ३३६ थान मुद्दा दर्ता भएको अदालतले जनाएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को असार २४ गतेसम्म ४४१ थान मुद्दा परेका छन् ।

चालु आर्थिक वर्षमा दर्ता भएका ४४१ थान मुद्दामध्ये २६९ वटाको फैसला भएको छ भने १७२ वटा मुद्दा विचाराधीन रहेको अदालतले जनाएको छ ।
गत आर्थिक वर्षमा दर्ता भएका ३३६ थान मुद्दामध्ये गत वर्ष २३१ वटाको र चालु आर्थिक वर्षमा ६७ वटा मुद्दाको फैसला भएको छ । बाँकी ३८ मुद्दा विचाराधीन छन् ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  २ : ४२ बजे