५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बबरमहलकी घरबेटी प्रधानले दिइन् रूपा सुनारविरूद्ध जाहेरी




२७ असार ०७८, काठमाडौं । जातीय भेदभावको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानले तनहुँकी रूपा सुनारविरूद्ध प्रहरी कार्यालयमा जाहेरी दिएकी छन्।
आइतबार दिउँसो महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेर प्रधानले रूपाविरूद्ध जाहेरी दिएकी हुन् ।
उनले आफ्नो बेइज्जति गरेको, अफवाह फैलाएको लगायतमा जाहेरी दिएकी छन् ।

कोठा माग्न जाँदा थरकै कारण नदिएको भन्दै रूपाले प्रधानविरूद्ध असार १ गते जातीय भेदभावको कसुरमा जाहेरी दिएकी थिइन्। जाहेरीपछि प्रधानलाई प्रहरीले पक्राउ गरी तीन दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाएको थियो।

प्रहरीले अनुसन्धान सकाएर काठमाडौंको सरकारी वकिल कार्यालय बुझाएको थियो। कार्यालयले त्यस प्रतिवेदनमाथि थप अनुसन्धान गर्नू भन्ने आदेश दिएपछि सरस्वती प्रधान उनका श्रीमान् मुकुन्दको रोहवरमा छुटेकी थिइन्।

प्रधानले आफूले रूपामाथि कुनै विभेद नगरेको बताउँदै आएकी छन्।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ११ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।