१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा पद तथा गोपनीयताको सपथ




२९ असार ०७८, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार राति ८ बजेपछि प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, संवैधानिक निकायका प्रमुखलगायतको उपस्थिति थियो । शपथ समारोहमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएनन् ।

संवैधानिक इजलासको फैसला अनुसार राष्ट्रपति भण्डारीले कांग्रेस संसदीय दलका नेता देउवालाई मंगलबार नै प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ९ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।