५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महालक्ष्मीका श्रेष्ठसहित दुई जना ठगी आरोपमा पक्राउ



२९ असार ०७८, ललितपुर । ललितपुर महालक्ष्मी श्रेष्ठसहित ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । खातामा रकम नभएको चेक दिएर ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–४ घर भई काठमाडौं थापागाउँ बस्ने ४९ वर्षीय गणेशमान श्रेष्ठ र काठमाडौंकै शान्तिटोल बस्ने ६३ वर्षीय महेन्द प्रसाद मिश्र रहेका छन्।

उनीहरुले खातामा पर्याप्त रकम नभएको जान्दा जान्दै झुक्यानमा पारी माछापुच्छ्रे र सेन्चुरी बैंकका बिभिन्न रकमका चेक दिएर जाहेरवालालाई ठगी गरेको प्रहरीले जनाएको छ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७७ फागुन ४ गतेको फैसलाले गणेशमान श्रेष्ठलाई १५ दिन कैद र ५५ लाख रुपैयाँ जरिवाना हुने ठहर भएको थियो भने महेन्द्र प्रसाद मिश्र लाई ७ दिन कैद र ५२ लाख जरिवाना गरेको थियो ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ९ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।